ट्राफिक जरिवाना अनलाइनबाट तिर्न सकिने

  हिमाल समाचार
35 Shares

काठमाडौं- ट्राफिक नियम उल्लंघनको जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ ।

नियम उल्लंघन बापत बुझाउनुपर्ने जरिवाना अनलाइबाटै भुक्तानी गर्न मिल्नेगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट अनलाईन सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

यो व्यवस्थाले जरिवाना तिर्न ट्राफिक कार्यालयनै धाउनुपर्ने बाध्यता अन्त्य हुने र भिडभाड पनि कम हुने महाशाखाका एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

नियम मिचे वापत ट्राफिक प्रहरीले दिदै आएको कक्षा पनि अनलाइन बाटै लिन मिल्ने महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार