ओली पक्षको आमसभाकै पूर्वसन्ध्यामा प्रचण्ड-माधव पक्षको आमहड्ताल घोषणा

  हिमाल समाचार
42 Shares

काठमाडौं- नेकपा प्रचण्ड–माधव समूहले भोलि आम हड्ताल गर्ने घोषणा गरेको छ ।

पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको जनाएको छ ।

यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको छ । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बुधबार २ बजे पेरिसडॉडास्थित पार्टी कार्यालयमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो।

केन्द्रीय संघर्ष समितिको बैठकले आमहड्तालको निर्णय गरेपछि आकस्मिक रूपमा बोलाइएको पत्रकार सम्मेलनमा त्यसको घोषणा गरिने बताइएको छ ।

नेकपाको अ‍ोली पक्षले शुक्रबार राजधानीमा आमसभा गर्दै छ। ओली पक्षकै आमसभाकै पूर्वसन्ध्यामा प्रचण्ड-माधव पक्षले आमहड्तालको तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार