काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले विहीबार (भोलि) आमहड्ताल गर्ने भएको छ ।
पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको बैठकले बुधबार साँझ देशभर मसाल जुलुस र विहीबार आमहड्ताल गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिकी सह-संयोजक पम्फा भुसालले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरिएको बताइन् ।
देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलन गरिरहेको छ । उक्त समूहले २८ गते राजधानीमा बृहत प्रदर्शन गर्दै छ ।
देशव्यापी आमहड्तालमा यातायात, पसल, उद्योगव्यवसाय, कलकारखाना र शिक्षण संस्थाहरु बन्दहुने नेकपाले जारी गरेको प्रेसवक्तव्यमा उल्लेख छ । यसबाहेक अस्पताल, एम्बुलेन्स, पानी,दुध, औषधि लगायत अत्यावश्यक सेवाहरु सुचारु हुनेछन् । व्द्यिार्थीहरुको परीक्षा संचालनमा कुनै अवरोध नहुने उल्लेख गरिएको छ ।