काठमाडौं: सरकारले लिम्पियाधुरा–कालापानी सहितको भुभाग समेटिएको नेपालको नक्सा कक्षा–११ र कक्षा–८ को पाठ्यक्रममा समावेश गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाड्यपुस्तकमा समेटिएको जानकारी दिए।
योसँगै लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन्।
सरकारले जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो।