आम हड्ताल गर्न तोकियो कमाण्डर (को कहाँ)

  हिमाल समाचार  497 पटक हेरिएको

काठमाण्डौ – प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले भोलि गर्ने देशव्यापी आमहड्ताल गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको, असंवैधानिक तबरले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेको भन्दै दाहाल नेपाल समूहले बुधबार दिउँसो आकस्मिक पत्रकार सम्मेलन गर्दै आमहड्ताल आह्वान गरेको हो।

प्रचण्ड-नेपाल समूहले हड्ताल सफल बनाउन काठमाडौंका मुख्य स्थानका लागि कमाण्डरसमेत तोकेको छ। यो समूहले काठमाडौँका विभिन्न ११ स्थानका लागि स्थायी कमिटी सदस्यहरुलाई कमाण्डर तोकेको हो।

को नेता कहाँ कमाण्डर?

कलङ्की : युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य
बल्खु : बेदुराम भुसाल
सातदोबाटो : देव गुरुङ
पुल्चोक : पम्फा भुसाल
कोटेश्‍वर : लीलामणि पोखरेल
चाबहिल : वर्षमान पुन र हरिबोल गजुरेल
नारायणगोपालचोक महाराजगञ्‍ज : शक्ति बस्‍नेत
गोंगबु : भीम रावल
बालाजु : रघुजी पन्त
रत्‍नपार्क : प्रवक्ता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार