दाहाल–नेपाल समूह पछुताउनुपर्छ – अध्यक्ष बास्तोला

  हिमाल समाचार
434 Shares

सोलुखुम्बु – अहिले सत्ता र सडकमा नेकपाका नेता तथा कार्यकता छन् । आफ्नो समूहलाई आधिकारिता दाबी गर्दै दुवै समूह (ओली र दाहाल–नेपाल समूह)शक्ति प्रदर्शनमा देखिएका छन् ।

एकपछि अर्को आम सभा लगायतका कार्यक्रम गरिरहेका छन् । शिर्ष तहका नेताले एकअर्कालाई ओठे जवाफ फर्काउनमै व्यस्त देखिएका छन् । केन्द्रको विवादले तल्लो तहसम्म विभाजन ल्याएको छ ।

त्यसको प्रभाव हिमाली जिल्ला सोलुखुम्बुमा पनि देखिएको छ । दाहाल–नेपाल समूहले जिल्ला सघर्ष समिति गठन गरेर दबाब तथा संसद विघटन विरुद्धको विरोध सभा गरिरहेका बेला ओली समूहले जिल्ला कमिटीनै पुर्नगठन गरेका छन् ।

पुर्नगठित कमिटीमा अध्यक्षको जिम्मा नेकपा नेता तथा नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोलालाई दिइएको छ ।

उनै अध्यक्ष बास्तोलासंग सहकर्मी भानुभक्त निरौलाले गर्नुभएको कुराकानीको संपादित अंश –

प्रश्न – राजनितिक हिसावले बढुवा हुनुभयो, हैन् ?

जवाफ – पार्टीमा लामो समय देखि काम गर्दै आएको हो । बढुवा भएको अनुभूति भएको छैन् । तै पनि जिम्मेवारी थपिएको छ ।
प्रश्न – जिल्ला अध्यक्ष नै बन्नु भयो नी ?

जवाफ – जिल्ला उपाध्यक्ष भएर काम गरिसकेको थिए । उपाध्यक्ष, अध्यक्ष उस्ताउस्तै पद हो ।

प्रश्न – सम्पुर्ण पार्टी नेता कार्यकर्ताको समर्थनमा अध्यक्ष हुनुको मजा र एउटा गुटको अध्यक्ष हुनुको पिडाबोध कति छ ?

जवाफ – त्यस्तो पिडाबोध त छैन् । हामी शुन्यबाट राजनिति गरेर आएका हौँ । परिस्थिती अनुसार पार्टी सानो ठूलो हुन सक्छ । अहिले पार्टीमा संकट आएको छ । यो बेलामा पार्टीलाई कार्यकर्ताले जोगाउने हो । पार्टीमा संगठन चुस्त बनाउने र विस्तार गर्ने जिम्मेवारी बाँधमा आएको छ । कुनै पनि पिडाबोध भएको छैन् । पार्टी जीवनलाई गतिशिल र चलायमान बनाएर जाने मामिलामा योजना बनाएर अघि बढ्नुपर्छ भन्ने लाग्छ ।

प्रश्न – हिजो दुई पार्टी मिल्दा जति जनमत पाएको थियो नेकपाले । अब विभाजनपछि त त्यो मत पाउँछौ भन्ने कुरा त कल्पनै त होला नी ?

जवाफ – सपना देख्न सकिएन भने सफलता कसरी हासिल गर्छौ र ? हिजो दुई पार्टी मिलेर उम्मेद्धार साझा तर चुनाव चिन्ह फरक लिएर चुनावमा जाँदा जनताले गरेको विश्वास भोलि एउटै चुनाव चिन्हको साथमा जाँदा पनि उहि किसिमको माया पाउदैनौ होला भनेर सोचेका छैनौ ।

प्रश्न – नेकपाको यो विभाजन ठिकै भो, हिजोको एकता बनावटी थियो, भन्ने लाग्छ तपाईलाई ?

जवाफ – हिजो पनि जनतामै बिचमा थियौँ र अहिले पनि छौँ । हिजो भएको एकतालाई मानेर अघि बढेका हामी पार्टी भित्रको मतभेदका कारण नेतृत्व दुई धारमा विभाजन बन्यो । एउटा ताजा जनादेशमा जाने, अर्को विघठित संसद पुनःस्थापनाको पक्षमा देखियो ।

प्रश्न – त्यसो हो की, एउटा धार संविधान मिच्ने ? अर्को धार संविधान अनुसार चल्नुपर्छ भन्ने हो ?

जवाफ – बहुमतको सरकार थियो । यति हुदाहुदैपनि संसद विघठन गरेर मध्यावधि निर्वाचन घोषणा गर्ने परिस्थिती कसरी बन्यो ? यो कारण बुझ्न आवश्यक छ । सरकार संचालनमा पार्टी भित्रैबाट असयोग भएपछि, पार्टीकै जिम्मेवार नेताले प्रतिपक्षको भूमिका निर्वाह गरेपछि यो परिस्थिती आयो । सहयोग गर्नुको सट्टा बखेडा झिकेर कामै गर्न नदिने अवस्था आएपछि प्रधानमन्त्रीज्यूले ताजा जनादेशको बाटो रोज्न बाध्य हुनुभएको हो । सरकारलाई असफल बनाउने गरि अविस्वासको प्रस्ताव तयार पारेर दर्ताका लागि ठिक्क पर्नुले पनि यो परिस्थिती आएको हो ।

प्रश्न – प्रधानमन्त्रीले संसद फेस गर्न सक्नुपर्दैन् ?

जवाफ – देश जनताको हितमा काम गर्दा बाधा अवरोध खडा गर्ने जुन वातावरण बन्यो । त्यसपछि जनताकै साथमा जाने गरि निर्वाचनको बाटो रोजिएको हो । प्रधानमन्त्रीको कदम संविधान संवतै छ ।

प्रश्न – सोलुखुम्बु जिल्लामा ओली गुट अल्पमतमा प¥यो नी ?

जवाफ – अल्पमत र बहुमत कुनै अबिधेशनले हो ? त्यो हेर्नस् न ।

प्रश्न – हिजो एकतापछिको संरचनाको आँकडालाई हेरौ न ?

जवाफ – पार्टी एकताका लागि अर्को पक्षलाई धेरै पद दिएर अघि बढेको त्यो इतिहास त हामीले विर्सेका छैनौ । एकताको संख्यालाई जोड घटाउ गरे अल्पमत र बहमतको कुरा हुदैन् । त्यो त जनताको माझमा गएर हेर्ने कुरा हो नी ।

प्रश्न – निर्वतमान संघीय माननीय सहित केन्द्रिय सदस्य, जिल्लाका ४ स्थानीय तहका प्रमुख दाहाल–नेपाल पक्षमा देखिए, अनि ?

जवाफ – होला तर हामी आत्तिनौ । हाम्रो कामले भोलि जनताले दिने साथ पो कता होला भन्ने हो ।

प्रश्न – तपाईले ओली समूहनै रोज्नुपर्ने कारण यो अध्यक्ष पद बाहेक अरु के हो ?

जवाफ – म त्यस्तो स्वार्थी व्यक्ति हैन् । अध्यक्षका लागि मात्र ओली समूहमा जोडिएको हैन् । मन नपरेका कुरा प्रष्ट राख्ने व्यक्ति हूँ । म जिल्ला उपाध्यक्ष बनिसकेको थिए, तत्कालिन एमाले छदा नै । अध्यक्ष बन्ने नै पालो थिए, बनँ । यो ठूलो राजनितिक छलाङ मारे भन्ने लाग्दैन् । यो स्वभाविक थियो ।

प्रश्न – दाहाल–नेपाल पक्षमा लाग्नेले गल्ती गरे ?

जवाफ – गल्ती गरे । भोली पछुताउदै पार्टीमै फर्कनुपर्छ । विगतका विभाजनले पनि त्यहि सन्देश दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार