महाकुलुङ र सोताङ गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

  हिमाल समाचार
56 Shares

सोलुखुम्बु- महाकुलुङ र सोताङ गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र सल्लेरीले सबै नागरिकको पहूँचमा आयुर्वेदिक औषधि र उपचारको सहज पहूँच पु¥याउने उदेश्यले महाकुलुङ अस्पताल र सोताङ अस्पतालमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो ।

करारमा २–२ कर्मचारी व्यवस्थापन गरि सेवा प्रवाह थालिएको आयुर्वेद स्वास्थ्य केन्द्र सल्लेरीका सुचना अधिकारी केशव ढुंगानाले जानकारी दिए ।

बिरामीको स्वास्थ्य परिक्षण र औषधि वितरण र पुर्वकर्म लगायतका सेवा प्रवाह हुने उनले बताए ।

यता, माप्यदुधकोशी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापनाका लागि तयारी थालिएको छ । जनशक्ति व्यवस्थापनको काम भईरहेकाले आरोग्य सेवा केन्द्र स्थापना गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार