सोलुखुम्बु र ओखलढुंगा जिल्लामा सञ्चालित विभिन्न जोनका कार्यक्रम सार्वजनिक

  हिमाल समाचार
98 Shares

सोलुखुम्बु – प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई ओखलढुंगाले सोलुखुम्बु र ओखलढुंगा जिल्लामा सञ्चालित विभिन्न जोनका कार्यक्रम सार्वजनिक गरेको छ ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको बाहुण्डीमा एक कार्यक्रमको आयोजना गरि ५ करोड २९ लाखको कृषि कार्यक्रम सार्वजनिक गरिएको हो ।

ओखलढुंगा र सोलुखुम्बुमा सञ्चालित आलु, सुन्तला, अदुवा बेसार लगायतका जोन अन्तरगत चक्लबन्दीमा पकेट सञ्चालन, जोन विस्तार, साना सिचाई, नर्सरी स्थापना, बिउ श्रोत केन्द्र स्थापना यान्त्रिकरण लगायतका कार्यक्रम सार्वजनिक गरिएको परियोजना कार्यान्वयन ईकाई ओखलढुंगाकी प्रमुख पुर्ण ढुंगानाले जानकारी दिईन् ।

कार्यक्रममा कृषि तथा पशुपंछी मन्त्रालयका कृषि सचिव योगेन्द्र कुमार कार्कीले कृषी कार्यक्रम सञ्चालनका लागि थप बजेटको व्यवस्थापनका लागि पहल गर्ने बताए ।

ओखलढुंगा र सोलुखुम्बुका लागि एउटा मात्रै कार्यलय ओखलढुंगामा हुँदा कृषकले समस्या खेप्नु परेकाले दुई जिल्लामै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाईको कार्यालय स्थापना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले हिमाली जिल्लालाई कृषिको हबको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार