रणजितमान राई पुरुष फुटवल प्रतियोगिताको तयारी तीव्र

  हिमाल समाचार
63 Shares

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सञ्चालन हुने मझुवागढी रणजितमान राई अन्तर वडा जिल्ला स्तरीय पुरुष फुटवल प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र नमुना स्पोर्टस क्लब लफ्याङको आयोजनामा ‘जित्नलाई हैन, सिक्नलाई खेलकुद’ भन्ने नाराका साथमा निर्माणाधिन रणजितमान राई खेलमैदानमा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको हो ।

प्रतियोगिताका लागि १२ टिम सम्पर्कमा आएका र आउने क्रम जारी छ । प्रतियोगिताका लागि आर्थिक सहयोग पनि जुटिरहेको छ ।

हालसम्म चार लाख माथि सहयोग प्राप्त भइसकेको नमुना स्पोर्टस क्लब लफ्याङका अध्यक्ष काजीमान राईले जानकारी दिए ।

प्रतियोगितामा प्रथम टिमले १ लाख ५५ हजार, दोश्रो टिमले १ लाख १ हजार, सेमिफाइनलिस्ट दुई टिमले ३१–३१ हजार नगद पुरस्कार पाउनेछ ।

उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५–५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता आगामी फागुन १० गतेदेखि लफ्याङमा सुरु हुनेछ ।

तस्विर रोधिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार