मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गरिन्छ– गृहमन्त्री थापा

  हिमाल समाचार  534 पटक हेरिएको

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिने चेतावनी दिएका छन् ।

शुक्रबार ओलीपक्षले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै उहाँले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडिया खानामा लगेर बन्द गरिने बताए ।
दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केहीसमय अघि आयोजन गरिएको भेलालाई सम्बोधनका क्रममा अब देशमा मांसाहारी आन्दोलन गर्नुपर्ने बताए ।
मांसाहारी आन्दोलनलाई संविधान र कानूनले अपराध मानेको बताउँदै उहाँले देश निर्वाचनमा होमिएको घोषणा गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार