काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु मूल पार्टी रहेको दावी गरेका छन् । ओली पक्षद्वारा आज काठमाडौंमा आयोजित जनसभालाई सम्वोधन गर्दै उनले देश बचाउने, लोकतन्त्र ल्याउनका लागि सर्वाधिक भूमिका खेल्ने पार्टी भएको सुनाए । उनले आफ्नो कार्यक्रम गर्नका लागि ठाउँ अपुग भएको भन्दै विशाल समूहको सहभागिता रहेको जिकिर गरे ।
आजबाट कुनपार्टी मूल पाटी, कुन सक्कली, कुन नक्कली भन्ने कुराको फैसला भएको टिप्पणी गरे । उनले कार्यकर्ताहरुलाई उपस्थित हुन नदिन तथाकथित नेपाल बन्द गरिएको बताए ।
ओलीले भने “इतिहासकै ठूलो जनसभा गरिएको छ । समृद्ध नेपाल र सुखी नेपाली बनाउन देशको आकांक्षा हो । ३ बर्षमा ६ हजार किलोमिटर सडक कालो पत्र गरिएको छ । विद्युत आयोजना विस्तार गरिएको छ । पूर्वाधारको विकास भएको छ । मानवअधिकारको क्षेत्रमा, समाज सुधारको क्षेत्रमा अहिले सडक बालवालिका छैनन । सडक बालवालिकाका लागि हेर्ने सरकार छ । कोही नागरिक वेसाहारा छ भने सरकारले सहारा दिन्छ । नेपालमा कोही भोकले मर्दैन ।”
