संघिय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैन: ओली

  हिमाल समाचार
49 Shares

प्रधानमन्त्ती केपी शर्मा ओलीले दशकौ लडेर प्राप्त भएको संघिय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् ।

उनले आफूले राजतन्त्र फर्किएको घोषणा गर्ने भनेर प्रचण्ड माधव पक्षले लगाएको आरोपका विषयमा जवाफ दिदै सामाजिक न्याय, लोकतन्त्र र गणतन्त्तका लागि ठूलो बलिदानी दिएर लडेर आएकोले यसलाई कसैले खोस्न नसक्ने उद्घोष गरे ।

‘केपी ओलीले राजतन्त्र फर्काउने रे! जसले राजतन्त्र फाल्नका लागिका जेल बसेको छ। त्यसले राजतन्त्र फर्काउँछ। हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्दै अघि बढ्छौं,’ ओलीले भने।

‘बिहानसम्म पनि लैनचौरतिर हिँड्नेहरुले राजतन्त्र फर्काएको घोषणा गर्छ रे केपी ओलीले भनेको सुनियो,’ उनले भने, ‘यो केपी ओली आधा दकश लोकतन्त्र स्थापना गर्न, आधा दशक सामाजीक न्याय र समानताका लागि लड्यो । यो केपी ओलीले राजतन्त्र फर्काउँछ रे ? हामीले लडेर संघीय लोकतान्त्रिक कसैले तलमाथि गर्छु भन्ने नसोचे हुन्छ ।’

उनले काठमाण्डौँमा काष्टिङको रुपमा ऐतिहासिक सभा भएको भन्दै अर्को कास्टिङ फागुन १ गते बुटवलमा, फागुन ८ गते विराटनगरमा हुने जानकारी गराएका छन् ।

ओली पक्षद्वारा आज काठमाडौंमा आयोजित जनसभालाई सम्वोधन गर्दै उनले कोरोना विरुद्धको लडाईमा अग्रपक्तिमा खट्ने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षा निकाय सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार