सोलुखुम्बु- खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
बित्तिय कर्मचारी मञ्चको आयोजनामा सल्लेरि स्थित कबर्ड हलमा हुने ब्याडमिन्टन खेलको आज प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले उदघाटन गरे ।
३० टिमको सहभागिता रहेको खेलमा अहिले सम्म पहिलो चरणको १४ खेल सम्पन्न भएको बितिय कर्मचारी मञ्चको सचिव खगेन्द्र बनले जनाकारी दिए ।
अहिले १५ औ खेल चलिरहेको छ । पहिलो चरणका ३ खेल आजै हुनेछन् ।
दोस्रो चरणका खेलहरु भोली विहानदेखि हुने छ ।
उद्घाटन कार्यक्रम बित्तिय कर्मचारी मञ्च सोलुखुम्बुका अध्यक्ष प्रकास कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।