सोलुखुम्बु – सोलुखुम्बुको विभिन्न स्थानमा परेको हिमपात र असिना पानीका कारण जनजिवन प्रभावित भएको छ ।
आज दिउँसो देखि खुम्बु क्षेत्रमा हिमपात र असिना परिरहेको छ भने सल्लेरी लगायतका आसपासका क्षेत्रमा पानी परेको छ ।
दिउँसो देखि असिना र हिउँ परेपछि चिसो ह्वात्तै बढेको लुक्लाबाट दावा शेर्पाले जानकारी दिए ।
त्यस्तै तल्लो क्षेत्रका पिके लगायतका अग्ला चुचुरामा हिउँ परेको देखिएको छ ।
सल्लेरी लगायतका असपासका क्षेत्रमा सिमसिम पानी परिरहेको छ ।
लामो समय सम्म पानी नपर्दा गहुँ बाली उत्पादनमा गिरावट आउने चिन्ता बढेका कृषकलाई भने पानीले हर्षित बनाएको छ ।