अलिफको प्रतिबन्धित सपना !

  हिमाल समाचार
91 Shares

मुस्लिम समुदायका अलिफ खान । उनले आत्मसाथ गरेको धर्मले व्यवसायीक गायक बन्न प्रतिबन्ध गरेको छ । तर अलिफमा धर्म विपरित गायक बन्ने सपनाको चाँङ छ । एक दशक देखि गायक बन्ने सपना बोकेर कोशिसरत उनी अहिले एकाएक चर्चामा छन् । हरेक विद्याका गीतलाई न्याय दिएर सुमधुर स्वरमा गाउन सक्ने उनको गायन यात्राले फड्को मारेको छ ।

एक हप्ता अघि लालिगुँरास डेली यूटुव च्यानलबाट उनको अन्तरवार्ता र गायकी कौशल सार्वजनिक भएपछि अलिफको चर्चा चुलियो । उनको गायकी अब्बलताका कारण उनलाई पच्छ्याउनेको संख्या बढ्यो । त्यसपछि उनले भेट्न चाहेका गायक भेटे । जान चाहेको कार्यक्रममा पुगेर गीत गाए ।

हरेक विद्याका गीतलाई न्याय दिएर गाउन सक्ने सुमधुर स्वरका धनी अलिफले केही दिनमै फड्को मारे । या उनी उनको सपना साकार पार्ने चरणमा पुगे । उनी रहने समुदाय र त्यस समुदायले आत्मसाथ गरेको धर्मले उनलाई गायन बन्नबाट रोक्छ तर उनले आफ्नो सपनालाई मार्न चाहेनन् ।

एक हप्ताकै अवधिमा अलिफले संगीतकार अर्जुन पोखरेलको संगीतमा एउटा गीत रेकर्ड समेत गराए । विगत १० बर्षदेखि संगीत सिकिरहेका आलिफ लामो समयपछि बल्ल चर्चामा आएका हुन् । उनी, चर्चामा आएपछि अर्जुनले उनीसँग सहकार्य गरेका हुन् ।

अर्जुनले भने, ‘उनको स्वर र गायकी क्षमताले छोयो । अनि सहकार्यको वातावरण बन्यो ।’ उनी भन्छन्, ‘तर भाइरलको पछि लागेको चाँहि हैन् । क्षमताको सम्मान गर्दै अवसर दिएको हूँ ।’

अर्जुनका अनुसार अलिफले सुफी र सेमी पप गीत गाउन बढी सक्छन् । अर्जुनसँग अलिफले सुफी गीत रेकर्ड गराइसकेका छन् । एक गीत केही दिनमै रेकर्ड हुने अर्जुनले बताए ।
अर्जुनका अनुसार, अलिफले यी दुई गीत सार्वजनिक नहुँदासम्म अरुको गीत गाउन पाउने छैनन् ।

अर्जुनका अनुसार, दुई गीतको अडियो र भिडियो सार्वजनिक हुँदा १० लाख खर्च लाग्नेछ । पोखरेलले भने, ‘अलिफको फोटो मात्र राखेर उनको प्रचार नगरियोस् भन्नका लागि हामीले संझौता गरेका हौं । अलिफको चाहना पनि मेरो गीत सार्वजनिक भएपछि मात्र अरुसँग सहकार्य होस् भन्ने थियो ।’

पछिल्लो समय भाइरलको नाममा आएका थुप्रै व्यक्ति एक दुई महिनामै विलिन बनेका छन् । अब हेर्नुछ, अलिफलाई पनि । उनको क्षमतालाई नजिकबाट बुझ्नेहरु गायकी अब्बलताका कारण अलिफ निरन्तर संगीत क्षेत्रमै रहने अनुमान लगाउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार