शेर्पा जोडीलाई ब्याडमिन्टनको उपाधि

  हिमाल समाचार
301 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा जारी ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाले युवा क्बका पेम्बा शेर्पा र ग्याल्जेन शेर्पाको टिमले हात पारेको छ ।

वित्तिय कर्मचारी मञ्च सोलुखुम्बुको आयोजनामा सल्लेरी स्थित कर्बड हलमा जारी प्रतियोगितामा विपिन खालिङ र अर्जुन श्रेष्ठको टिमले द्धितिय स्थान हासिल गरेको छ ।

छिरिङ तामाङ र रघु खनाल तथा लाक्पा तामाङ र अर्जुन तामाङको टिमले तृतिय स्थान हासिल गरेको हो ।

प्रतियोगितामा विजेता हुने टिमले २० हजार, उपविजेताले १५ हजार र तृतिय हुनेले १० हजार रुपैँयाका साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

फोटो-मनोज श्रेष्ठ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार