सोलुखुम्बु – सोलुखुम्बुका ७८१ जनालाई कोरोना विरुद्धको खोप लगाईएको छ ।
सोलुखुम्बुका आठ स्थानिय तहमा दुई चरणमा माघ १५ देखि २३ गतेसम्म कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, एम्बुलेन्स चालक तथा सरसफाईमा संलग्न कर्मचारी, कारागारका कैदीलाई खोप लगाईएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सबैभन्दा बढि सोलुदुधकुण्ड नगरपालिकामा २१७, खुम्बुपासाङल्हामु गाउँपालिकामा ९९, नेचासल्यान गाउँपालिकामा ५१, महाकुलुङमा ७१, थुलुङ दुधकोशीमा ९५, माप्यदुधकोशीमा ६०, लिखुपिकेमा ६०, सोताङमा ६०, जिल्ला कारागारमा ६९ जना कैदीलाई पहिलो चरण अन्तरत खोप लगाईएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी रामनारायण शाहले जानकारी दिए ।
अबको एक महिना पछि उनीहरुलाई दोस्रो चरणको खोप लगाईने छ । खोप लगाईएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
केहीलाई वाकवाक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएपनि अवस्था सामान्य भइसकेको छ ।