काठमाण्डौँ – पछिल्लो समयमा बाल प्रतिभाहरु एकपछि अर्को सार्वजनिक भएका छन् । प्रविधिको विकास संगै गाउँघरबाट पनि बालप्रतिभा डिजिटल बजारमा छाइरहेका छन् । अहिले लोक बजारमा उनीहरुको रजाँई छ ।
उनीहरुको प्रतिभा भाइरल बन्छन् । अहिले कमला घिमिरे, आयूषा गौतम हुदै प्रिन्स लम्साल, रविना बस्याल, जिया भूषाल र सचिन परियार सम्म आइपुग्दा अधिकांश बाल प्रतिभा दोहोरीको प्लेटफर्मबाट भाइरल भएका छन् ।
त्यही भिडमा थपिएका छन्, रुकुमकी ११ बर्षिया नविना केसी र सोलुखुम्बुका १३ बर्षिय संभव राउत । डुल्दै जाँदा एक यूटुवरले भेटेपछि उनलाई काठमाण्डौँ ल्याइयो ।
विद्यालय विदा भएको पारेर काठमाण्डौ आएकी उनले ‘इन्द्रणी’, ‘चौतारी’ लगायतका टेलिभिजन तथा यूटुव लक्षित कार्यक्रममा आफ्ना प्रस्तुति दिइसकेकी छिन् । उनको स्वर र गायकीको चर्चा भइसकेको छ ।
नविना गीत गाउनकै लागि विद्यालय सार्दैछिन् । यो शैक्षिक सत्र सकेपछि अध्ययनका लागि काठमाण्डौँ सिफ्ट हुदैछिन् । उनलाई दोहोरी गायनको मोहले काठमाण्डौँ तान्दैछ । फुर्सदमा दोहोरी गाउनका लागि प्लेटफर्म सहज उपलब्ध हुने भएकाले पनि नविनाले अध्ययनस्थल सार्न सोच बनाएकी हुन् ।
उता, सोलुखुम्बुका संभव स्कुल टपर हुन् । कक्षा ९ मा अध्ययनरत उनी दोहोरी गाउन पनि मन पराउछन् । औपचारिक कक्षा नलिएका उनले पहिलो प्रयास नै ‘चौतारी’बाट गरेका छन् ।
भविष्यमा सिडिओ बन्ने लक्ष्य बोकेका उनी अहिले सोलुखुम्बुमै अध्ययनरत छन् । विद्यालय विदामा काठमाण्डौ आएका उनलाई केही दिनको दोहोरीका अग्रजको साथले एसइइ परीक्षा पछि राजधानी आउने र संगीत सिक्ने मोह जागेको छ ।
उनको प्रतिभालाई अभिभावकले पनि सकारात्मक रुपमा लिएका छन् ।
संभव र नविनाले गाएको दोहोरी पनि हेरौँ ।