‘नेकपाका कारण मुलुक दुर्घटनान्मुख’

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु – नेपाली कांग्रेसका केन्द्रिय सदस्य बल बहादुर केसीले नेकपा भित्रको आन्तरिक विवादकै कारण मुलुक दुर्घटनान्मुख बनेको बताए । अब मुलुकलाई जोगाउने अभिभारा कांग्रेसको काँधमा आएको उनको भनाई थियो ।

नेपाली कांग्रेसका थुलुङ दुधकोशी गाउँपालिका ७ र ८ को संयुक्त आयोजनामा भएको आमसभालाई सम्बोधन गर्दै केसीले अब संगठनलाई चुस्तदुरुस्त बनाउनु पर्नेमा जोड दिए । नेपाली कांगे्रसका जिल्ला सभापति विनोद कुमार बस्नेतले सबै तहमा भएका भष्ट्राचारको विरुद्धमा कांग्रेस एक ढिक्का भएर लागि परेको बताए ।

सभामा कांग्रेसका महासमिति सदस्य एवम संगठन विभाग प्रमुख खिलराज बस्नेत, महासमिति सदस्य जय प्रसाद राई, तरुण दलका पूर्वजिल्ला अध्यक्ष जिवन गुरुङ, नेविसंघ अध्यक्ष अस्बिन बाबु थापा, महिला संघ अध्यक्ष छिन्डील्हमु शेर्पा, ७ नम्बर वडाका सभापति भिमराज राई लगायतको उपस्थिती रहेको जिल्ला कार्यसमिति सदस्य तथा सुचना सञ्चार एवम प्रचार विभागका प्रमुख नविन थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार