सोलुमा भारी हिमपात, हिउँ खेल्नेको चलहलपहल बढ्यो, कृषक हर्षित

  हिमाल समाचार
217 Shares

सोलुखुम्बु – भारी हिमपातका कारण हिमाली जिल्ला सोलुखुम्बुको जनजिवन प्रभावित बनेको छ । शुक्रबार र शनिबार परेको हिउँले अत्याधिक चिसो बढेको छ भने हिँउ संगै पानी परेपछि कृषक हर्षित बनेका छन् ।

सोलुखुम्बुको लुक्ला नाम्चे क्षेत्रमा १ फिट बाक्लो हिउँ परेको छ भने, सल्लेरी, पत्ताले, पिके, रात्नाङ्गे, सिलगुढि, नेले, लगायतका स्थानका डाडाँ हिउँले सेताम्मे भएका छन् ।

चिसोका कारण बालबालिका र जेष्ठ नागरिकलाई प्रभावित गरेपनि हिउँ खेल्ने रहर बोकेकाहरु विस्तारै फिल्डमा निस्केका छन् । धारामा पानी जमेपछि दैनिकी असहज भएको छ ।

सल्लेरीमा बसोबास गर्दै आएका दिपक कार्कीले अत्याधिक चिसोका कारण धाराको पानी समेत जमेको बताए ।

जनजिवन कष्टकर भएपनि कृषक भने हर्षित भएका छन् । असोज देखि बर्षा नहुँदा हिउँदे बाली उत्पादनमा समस्या झेलेका कृषकहरु हिमपात भएपछि बाली सप्रने भन्दै खुसी बनेका छन् ।

सल्लेरीकै ग्याल्जेन शेर्पा हिउँ परेपछि मुख्य खाद्यन्नबाली आलु र गहूँलाई पानीको मात्रा परिपुर्ती हुने बताउछन् ।

हिउँ पारखीहरु पत्ताले लगायतका स्थानमा हिउँ खेल्न, फोटो खिच्नका लागि उकालो चढ्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार