आइतबारदेखि मौसम क्रमिक सुधार हुँदै जाने

  हिमाल समाचार
56 Shares

काठमाडौँ- पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ ।

उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको हो ।

बिहीबारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएको थियो ।

अबको केही दिन कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेको मौसमविद् सविना शाक्यले बताइन् । पश्चिमी वायुको प्रभाव हटेसँगै गर्मी सुरु हुने जनाइएको छ ।

हाल देशको प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश नं १ का पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार