प्रधानन्यायाधीशको प्रश्न: सर्वोच्चले गरेको फैसला स्वीकार गर्ने वातावरण छ ?

  हिमाल समाचार  526 पटक हेरिएको

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने वातावरण छ ? भनी प्रश्न गरेका छन् ।

संसद विघटन गर्ने सरकारी निर्णयको प्रतिरक्षाका लागि आएका सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईले सर्वोच्चको फैसला सबैले स्वीकार गर्न सकिने होस भनेपछि प्रधानन्यायाधीशले त्यस्तो वातावरण छ भनी प्रश्न गरेका हुन् ।

सहन्यायाधिवक्ता भट्टराईले संसद विघटनको सरकारी निर्णय सार्वभौमसत्ता सम्पन्न जनतासमक्ष गएको भन्दै अब त्यसलाई विघटन गर्ने र विघटित हुने सबै पक्षले जनतामा परीक्षण गर्नुपर्ने बताए ।

उनले यस विषयमा सर्वोच्च अदालतको फैसलाबाट मुख्य ३ वटा अपेक्षा रहेको बताए । ‘सर्वोच्च अदालतले विवाद किनारा गर्दा फैसला यस्तो होस्’ उनले भने ‘सैद्धान्तिक रुपमा स्वीकार गर्न सकिने होस्, वौद्धिक रुपमा आदर गर्न सकिने होस् र व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकिने खालको होस् ।’

लगत्तै प्रधानन्यायाधीश जबराले त्यस्तो वातावरण छ भनी प्रश्न गरे । उनले भने, ‘त्यो त फेरि फ्लोरमा वातावरण हुनुपर्‍यो नि होइन ? हाहा अहिले जुन किसिमको वातावरण छ नि यो सम्भावना छ ?’
यो प्रश्न सोधेर प्रधानन्यायाधीश जबराले लामो हाँसो हासे ।

सहन्यायाधिवक्ता भट्टराईले संसद विघटनको मुद्दामा संवैधानिक इजलासले संवैधानिक नैतिकताको प्रश्न उठाएको भन्दै यो विषय सार्वभौम जनताले परीक्षण गर्ने बताए । ‘नैतिकताको प्रश्न सार्वभौम जनताले परीक्षण गर्छ, यसको पनि सीमा हुन्छ, कसैले सोचेको नतिजा आउँदैन’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार