खोटाङ : हिमालकर्मी सहित ६ जना पत्रकार र कृषि विज्ञ सम्मानित

  हिमाल समाचार
119 Shares

खोटाङ – नेपाल पत्रकार महासंघ शाखा खोटाङले ६ जना पत्रकारलाई सम्मान गरेको छ ।

आफ्नो नवौ साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघ शाखा खोटाङको स्थापना गर्नदेखी हालसम्म पनि जिल्लामै रहेर पत्रकारिता पेशामा क्रियाशिल अग्रज पत्रकारहरुलाई सम्मान गरेको हो ।

आईतबार जिल्ला समन्वय समितीको सभाहलमा अग्रज पत्रकार कृष्ण आचार्य, उजुर राई, डम्बर सिं राई, भीम राई, दिलीप खत्री र बद्री आचार्यलाई सम्मान गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङले जनाएको छ । खत्री हिमालकर्मी हुन् ।

उनीहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइली, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, जिल्ला समन्वय समिती खोटाङका प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गरेका छन् ।

यस्तै, जिल्लामा पछिल्लो समय पत्रकारितामा क्रियाशिल दुई जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा खोटाङ खबर साप्ताहिकमा आवद्ध कृष्णकला राई र न्यूज २४ टेलिभिजनका जिल्ला संवाददाता सन्तोष पौडेल छन् ।

पुरस्कृत दुवैलाई जनही दुई हजार पाँच सय नगदका साथमा सम्मान–पत्र प्रदान गरिएको छ ।

कृषिविज्ञ तथा समाजसेवी राई सम्मानित

नेपाल पत्रकार महासंघ शाखा खोटाङले कृषिविज्ञ तथा समाजसेवी मदन राईलाई सम्मान गरेको छ ।

आफ्नो नवौ साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघ शाखा खोटाङको कार्यालय निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएकोमा राईलाई सम्मान गरेको हो ।

कार्य व्यस्तताले साधारण सभामा कृषिविज्ञ तथा समाजसेवी राई उपस्थित नभए पनि उहाँको प्रतिनिधि बाबुराम कार्कीलाई सम्मान–पत्र र दोसल्ला प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार