सोलुखुम्बुबाट १२२ मतदान स्थल र १३० केन्द्र सिफारिस

  हिमाल समाचार
525 Shares

सोलुखुम्बु – जिल्ला निर्वाचन कार्यालयबाट सोलुखुम्बुमा १२२ मतदानस्थल र १३० मतदान केन्द्र बनाउनका लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको मध्यावधिक निर्वाचनका लागि आवश्यक मतदानस्थल र मतदान केन्द्रका लागि आयोगमा सिफारिस गरेको हो ।

आठ स्थानिय तहका विभिन्न स्थानमा भौगोलिक कठिनाईका कारण मतदानस्थलमा मतदान केन्द्र बृद्धि गरिएको छ ।

प्रस्तावित मतदान स्थल र केन्द्र आयोगले स्विकृति गरेपछि थप काम अघि बढ्ने निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार