कांग्रेस कानुनी राज्यको पक्षमा – नेता खतिवडा (भिडियो)

प्रदेश नं १ मा कमजोरलाई सहयोग

  हिमाल समाचार
70 Shares

सोलुखुम्बु – नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी कानुनी राज्यको पक्षमा रहेको बताए ।

पत्रकार भानुभक्त निरौलासंग कुराकानी गर्दै कांग्रेस नेता खतिवडाले संसद विघटन सरकारको असंवैधानिक र अराजनितिक कदम भएको दाबी गर्दै सर्बोच्चमा मुद्धाको सुनुवाई भइरहेकाले पर्ख र हेरको अवस्थामा रहेको बताए ।

उनले भने, ‘पुर्नस्थापना भएपनि कांग्रेस देशको नेतृत्व सम्हाल्न तयार छ । निर्वाचनमै जान परेपनि कांग्रेस तयार छ ।’ उनले बलियो प्रतिपक्ष भएकै कारण सत्तारुढ दल नेकपामा विभाजन देखिएको तर्क गरे ।

देश संकटमा परेको बेला कांग्रेसले नेतृत्व लिएर जनचाहना अनकुल काम गरेको दाबी गर्दै नेता खतिवडाले मूलुक अप्ठ्यारोमा परेको बेला कांग्रेसले फाईदावेफाइदा नहेर्ने जिकिर गरे ।

उनी भन्छन्, ‘प्रधानमन्त्री ओलीले आफ्नो फाइदाका लागि अरुलाई प्रयोग गर्ने प्रयोगवादी नेता हुन् । केपी ओलीको काम नै गुट चलाउनु हो । उहाँले देश र जनताका लागि खास केही गर्नुहुन्न । ओलीले न पार्टी चलाए, न देश चलाए ।’

नेता खतिवडाले आफूले ५ बर्ष कम्यूनिष्टले सरकार चलाउन नसक्ने भन्दै आएको बताए । उनले भने, ‘०५१ सालमा मनमोहन अधिकारी र ६४ सालमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व हेरिसकेकाले यो पटक पनि त्यस्तै होला भन्ने लागेकै थियो ।’

उनले निर्वाचनपछि कांग्रेसको पोल्टामा सरकारको नेतृत्व आउने दाबी गरे । ‘संसद पुर्नस्थापना भएपनि छोटो अवधिका लागि कांग्रेसले सत्ताका लागि ¥याल चुहाउनु हुदैन् । कम्यूनिष्टले बाँडेको सपना गजल्टेको बेला कांग्रेसले हात हालेर गल्ती गर्नु हुदैन् ।’ उनले भने ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सरकार धरापमा परेको छ । यो अवस्थामा कांग्रेसका सांसद निर्णायक देखिएको प्रदेशमा कस्लाई सघाउछ भन्ने प्रश्नमा नेता खतिवडाले भने, ‘कमजोरलाई सघाउछौँ ।’

कुराकानीको क्रममा उनले मुख्यमन्त्री शेरधन राईलाई सघाउने संकेत गरे । अहिले मुख्यमन्त्री राई पक्षधर नेकपा प्रदेश नं १ मा कमजोर देखिएको छ ।

कांग्रेस नेता खतिवडासंग गरिएको कुराकानीको भिडियो हेर्नुहोस् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार