चम्पादेवीकी महिलाले जन्माइन ३ सन्तान

  हिमाल समाचार
126 Shares

ओखलढुंगा – ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ५ की शान्ता कार्की बुढाथोकीले एकैपटक ३ सन्तान जन्म दिएकी छिन् । प्रसुति गराउन समस्या भएपछि उनलाई आइतबार हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको थियो ।

शान्ताका श्रीमान् ईश्वर बुढाथोकीले दिएको जानकारी अनुसार उनले २ छोरा र १ छोरी जन्म दिएकी हुन् । फेदीगुठ स्वास्थ्य चौकीमा एक छोरीलाई प्राकृतिक रुपमै जन्म दिएकी उनले अरु २ छोरालाई प्रसुति गराउन नसकेपछि काठमाडौँ लगिएको हो ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाइ उद्दार सम्बन्धी कार्यविधि २०७५ अनुसार उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत निस्शुल्क उद्दार गरिएको थियो ।

शान्ताले थापाथली प्रसुती गृहमा २ छोरालाई आइतबार साँझ शल्यक्रियामार्फत जन्म दिएकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार