ओली प्र’वृत्तिसँग ल’डाइँ हो : माधव नेपाल

  हिमाल समाचार
63 Shares

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नयाँनयाँ अ’वतार देखिए मुलुक सिद्धिने बताएका छन् । आफूनिकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले अहिलेको ल’डाइँ नै ओली प्र’वृत्तिवि’रुद्ध भएको बताए ।

‘यो ल’डाइँ केपी ओलीसँग होइन, ओली प्र’वृत्तिवि’रुद्ध हो । तर, हामीसँग पनि केपी प्र’वृत्ति नै रह्यो भने हामी र केपी ओलीबीच कुनै फरक हुनेछैन । त्यही तौरतरिका अपनाऔं भने हामी पनि केपी ओलीको अर्को अ’वतार हुन पुग्नेछौं’, नेपालले भने ।

कसैलाई पनि कि’त्ताकाट गर्ने र ज’बर्जस्त अर्को समूहतिर धकेल्ने काम गर्नुलाई अध्यक्ष नेपालले ओली प्र’वृत्ति भनेका थिए । ‘केपी ओलीको नयाँनयाँ अ’वतार चाहिएको छैन । एउटै केपी ओलीबाट आ’जित भइसक्यौं केपी ओलीको नयानयाँ अ’वतार आयो भने यो देश थि’लथिलो भएर सिद्धिन्छ’, उनले भने ।

ओली प्र’वृत्तिको पुन’रावृत्ति गर्न नभएर देश र लोकतन्त्रले जित्नुपर्ने अध्यक्ष नेपालले बताए । ओलीमा प’ञ्च र’वैया कायमै रहेको पनि उनले बताए । नेपालले ओलीलाई ‘नेकपा ओली बा’ पार्टी खोल्न पनि सुझाव दिए । ‘ओली बा समूह खोले हुन्छ । बा मन पराउनेहरु त्यही जान्छन्’, अध्यक्ष नेपालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार