नेपाल एयरलाइन्सको नयाँ तालिका

  हिमाल समाचार
420 Shares

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि नयाँ तालिका सार्वजनिक गरेको छ । कम्पनीका अनुसार आन्तरिकतर्फ फेब्रुअरी महिनाका लागि हुने उडान तालिका तय भएको हो । यसअनुसार कम्पनीले काठमाडौं र नेपालगन्जलाई आधार विमानस्थल मानि विभिन्न आन्तरिक गन्तब्यमा उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले अहिले दुर्गम भेगका विमानस्थलमा मात्र उडान गरिरहेको छ ।

कम्पनीसँग टि्वनअटर दुई वटा विमानमात्र आन्तरिक उडानमा उडानयोग्य अवस्थामा छन् । सोहीकारण सुगमका विमानस्थलमा निजी कम्पनीको मात्र उडान रहेको छ । तालिका अनुसार काठमाडौंबाट भोजपुर सातामा पाँच दिन (आइत, सोम, मंगल, बिही र शुक्रबार) उडान हुने छ ।

काठमाडौंबाट दाङका लागि समेत पाँच (सोम, बुध, बिही, शुक्र र शनिबार) उडान हुने छ । काठमाडौं-ताप्लेजुङ रुटमा भने साताको तीन -मंगलर, बुध र शनिबार) उडान उडान हुनेछ । काठमाडौं-खानिडाँडा रुटमा बुध र शनिबार जहाज उड्ने भएको छ ।

काठमाडौं-रुकुम आइतबार र बिहीबार, काठमाडौं-थामखर्कमा बुधबार र बिहीबार, काठमाडौं-फाप्लु आइतबार जहाज उड्ने गरी तालिका बनाइएको छ । ती गन्तब्यबाट सोही दिन जहाज यात्रु लिएर काठमाडौं फिर्ता हुनेछ ।

उता, नेपालगन्जबाट रुकुमका लागि सोमबार र बिहीबार, डोल्पा, जुम्ला, साँफेबगरमा आइतबार उडान हुनेछ । नेपालगन्जबाट सिमकोट र ताल्चामा सोमबार तथा बाजुराका लागि बिहीबार उडान राखिएको कम्पनीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सुर्खेतमा श्री एयरलाइन्सद्वारा परीक्षण उडान सुरु

निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले सोमबार काठमाडौं-सुर्खेत परीक्षण उडान गरेको छ । एयरलाइन्सको ८० सिट क्षमताको क्युआर-८०० जहाजद्वारा उडान परीक्षण गरेको सुर्खेत विमानस्थल प्रमुख उमेश पन्थीले जानकारी दिए ।

प्रमुख पन्थीका अनुसार सुर्खेती आकाशमा दुईवटा परीक्षण गरिसकेपछि बिहान ११ : ४० बजे जहाज काठमाडौं फर्किएको छ । पाइलट डीएस थापाको नेतृत्वमा जहाज सुर्खेत आएको थियो ।

एयरलाइन्सको ८० सिट क्षमताको क्युआर-८०० जहाज अवतरणका लागि रनवे उपयुक्त रहको श्री एयरलाइन्सका निर्देशक अनिल मानन्धरले बताए । तर, नियमित उडान गर्नका लागि भने मार्केटको अवस्था पनि अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।

अब नियमित उडान गर्दा कतिसम्म लोडबोक्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकहरुले अध्ययन गर्ने सुर्खेत विमानस्थल प्रमुख पन्थीले बताए ।

‘श्रीले आजदेखि परीक्षण उडान सुरु गरेको छ । नियमित उडान गर्न सकिने वा नसक्ने बारे अध्ययन पछि मात्रै उहाँहरुले जानकारी दिनुहुने छ,’ प्रमुख पन्थीले भने, ‘तर, पाइलटहरुको भने प्रतिकृया सकारात्मक छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार