सम्झौताको ६ बर्षपछि तयार हुदै स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु- स्वास्थ्य कार्यालय सोलुखुम्बुको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सम्झौता भएको ६ बर्षपछि बल्ल काम सकिन लागेको हो ।

विसं २०७१ माघ २० गते दुई वर्षमा निर्माण सक्ने गरी सम्भौता भएको भवन निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको हो ।

१६ वटा कोठा र ३ वटा हलसहितको पक्कि भवनको अहिले छाना लगाउने, झयाल मर्मत गर्ने, रंगरोगनका काम भईरहेका निर्माण कम्पनिका प्रतिनिधि बुद्धि मगरले जानकारी दिए ।

निर्माणको ठेक्का लिएको निलगिरी निर्माण कम्पनीका प्रमुख युवराज डाँगीले रकम अभावका कारण काम नियमित गर्न नसकेको बताएका छन् ।

उक्त कम्पनीले रु दुई करोड ३८ लाख तीन हजार ५३.३२ को लागतमा निर्माणको जिम्मा लिएको थियो। पछिल्लो समय प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको पहलमा काम सुरु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार