काग्रेस सोलुखुम्बुले के विषयमा नगरपालिकाकाको ध्यानाकर्षण गरायो ?

  हिमाल समाचार
133 Shares

सोलुखुम्बु- नेपाली काँग्रेस सोलुखुम्बुले नगर विकासका क्रियाकलापबारे सोलुदुधकुण्ड नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीको नेतृत्वमा नगरपालिकामा पुगेको काँग्रेस जिल्ला कार्यसमितिको टोलीले नगरपालिकामा भएका विकास निर्माणबारे ध्यानाकर्षण गराएको हो ।

टोलीले सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका जोड्ने सडक निर्माणलाई चाडै अघि बढाउन, टाक्सिन्दु क्षेत्रको सडक स्तरोन्नती गरि जुभिङ घाटमा सामान ढुवानी गरि पुल निर्माणको वातारण सिर्जना गर्न माग गरेको छ ।

यस्तैगरी सदरमुकाम सल्लेरीको पार्किङ व्यवस्थापन गर्न, नगर क्षेत्रमा विना दर्ता संचालिचत क्रसर उद्योगको अनुगमन गर्न, नगरक्षेत्रमा खोल्साहरुमा बढ्दै गएको फोहोर व्यवस्थापन गर्न नगरपालिकाको ध्यानाकर्षण गराएको नेपाली काँग्रेस जिल्ला सभापति विनोद बस्नेतले जानकारी दिए ।

सभापति बस्नेतले नगरपालिका क्षेत्रमा विद्युत प्रवाहलाई नियमित गरी लोढसेडिङ मुक्त क्षेत्र बनाउने तर्फ नगरपालिकाले उचित कदम चाल्नुपर्ने माग राखेका छन् ।

संगठन बिभाग प्रमुख तथा महासमिति सदस्य खिलराज बस्नेत, कांग्रेस जिल्ला सचीव तथा प्रदेश सभापति धनजन राई, जिल्ला सचिव भलाकाजी कुलुङ, पार्टी सहसचिव कुशराज राई, नेपाल बिद्यार्थी संघ जिल्ला अश्विनबाबु थापा, नविन थापा, एकाकुमारी कार्की लगायतका टोली नगरपालिकाको ध्यानाकर्षणका लागि नगरपालिकाको कार्यालय पुगेको काग्रेस सोलुखुम्बुले जनाएको छ ।

नगरपालिकाका लेखा अधिकृत विपिन लम्सालले नगरपालिकाले सरोकारवालासँग छलफल गरेर अघि बढ्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार