नेचामा समुदाय प्रहरी साझेदारी समितीको अन्तरक्रिया

  हिमाल समाचार
84 Shares

सोलुखुम्बु- इलाका प्रहरी कार्यालय तथा नेचासल्यान गाउँपालिका समुदाय प्रहरी साझेदारी समितीको आयोजनामा नेचामा अन्तरक्रिया गरिएको छ ।

‘हर प्रहर, गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम नेचामा पनि आयोजना गरिएको हो ।

कार्यक्रममा नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफ कुमार बास्तोलाले नेचा स्वास्थ्य चौकी अव्यवस्थित हुँदा सेवा प्रबाहामा समस्या भएको तर्फ जिल्लाका सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । यस्तै इलाका प्रहरी कार्यालय नेचाको जिर्न अवस्थामा रहेको भवनको निरिक्षण गरिएको छ ।

इलाका हुलाक कार्यालयको भवन निर्माण सम्पन्न गराउन ठेकेदार कम्पनीलाई सबैले दवाव दिनु पर्ने, नेपाल टेलिकामको सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न सबै पक्ष लाग्नु पर्नेमा अध्यक्ष बास्तोलाले जोड दिएका छन् ।

यस्तै शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएको अन्तरक्रिया, भेटघाट तथा छलफल कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले जनताको नजिक रहेर जनप्रतिनिधीले काम गर्नु पर्ने धारणा राखेका छन् ।

प्रमुख जिल्ला अधिकारी शाहीले जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेको जनाएका छन् ।

सोलुखूम्बुको नेचामा भएको कार्यक्रममा प्रहरी नायब उपरीक्षक कबित कट्वाल, गाउँपालिकाकी उपाध्यक्ष कुमारी देवी शर्मा, शसस्त्र प्रहरी बल प्रमुख दिनेश शर्मा, राष्ट्रिय अनुसन्धान विभाग सोलखुम्बुका प्रमुख देबेन्द्र खतिवडाको उपस्थिती रहेको सहकर्मी धनकुमार ढुंगेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार