विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य

  हिमाल समाचार  955 पटक हेरिएको

काठमाडौँ- सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि शाक्य कायममुकायम कार्यकारी निर्देशक रहेका थिए ।

प्राधिकरणका कायममुकायम रहेएका शाक्यलाई नै मन्त्रिपरिषदकाे साेमबार बसेकाे बैठकले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । अब शाक्यको कार्यकाल ४ वर्षको हुनेछ ।

यसअघि करिब ४ वर्ष उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए । यस क्षेत्रमा झन्डै ३ दशक अनुभव भएका शाक्यलाई प्राधिकरण तथा ऊर्जा क्षेत्रमा सक्षम व्यक्तिको रुपमा लिइन्छ ।

यस अघि सरकारले कुलमान घिसिङलाई २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । उहाँ ४ वर्षे कार्यकाल पूरा गरेर यही सालकाे भदौ २८ गते प्राधिकरणबाट बाहिरिएका थिए । लोडसेडिङ अन्त्य गरेको भन्दै आम जनताले घिसिङको प्रशंसा गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार