घ्यू सेवनले तौल घट्छ ?

  हिमाल समाचार
483 Shares

काठमाडौँ- नेपाली खानामा धेरै प्रयोग हुने घ्यूमा ९९.९ प्रतिशत फ्याटको मात्रा पाइन्छ । घ्यू सेचुरेटेड फ्याटबाट तयार गरिन्छ । त्यसैले यसलाई जुन ठाउँमा राख्दा पनि बिग्रिने समस्या हुँदैन । अर्को फाइदा घ्यूले तौल घटाउन पनि मद्दत गर्छ ।

घ्यूमा हुने फ्याटी एसिड संरचनाको विषयमा गरिएको अनुसन्धानका अनुसार घ्यू डोकोस्याक्सिनोइक एसिडको राम्रो स्रोत मानिन्छ । डोकोस्याक्सिनोइक एसिड सबैभन्दा लोकप्रिय ओमेगा ३ फ्याटी एसिड पाइन्छ । ओमेगा ३ फ्याटी एसिड उचाई बढाउन आवश्यक डाइट मानिन्छ ।

डोकोस्याक्सिनाइक एसिडले क्यान्सर, हृदयघात, इन्सुलीन प्रतिरोध, हाडजोर्नीको दुखाई जस्ता समस्याबाट बचाउँछ । घ्यूले शरीरलाई विभिन्न प्रकारका रोग लाग्नबाट बचाउँछ । आयुर्वेदका अनुसार घ्यूले आयु बढाउन पनि मद्दत गर्छ ।

यदि तौल घटाउने योजनामा हुनुहुन्छ भने दुई चम्चा घ्यूको सेवन गर्ने गर्नुस् । यसमा भएको अमिनो एसिडले फ्याट सेल्सको आकार सानो बनाउँछ ।

विशेषज्ञका अनुसार घ्यूमा हुने ओमेगा ३ फ्याट र ओमेगा ६ फ्याटले तौल घटाउन पनि मद्दत गर्छ । यसले अतिरिक्त तौल कम गर्छ ।

एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार