सोनाम ल्होछारमा सार्वजनिक बिदा

  हिमाल समाचार
49 Shares

काठमाडौँ- सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले यसअघि कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्तिलगायत चाँडपर्वको बिदा कटौती गरेको थियो ।

तर, सरकारले पुन: पहिले बिदा दिएका दिनलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

तामाङ, ह्योल्मोलगायत हिमाली समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार