नाम्चेमा सामुदायिक कु’कु’रको वि’गवि’गी

  हिमाल समाचार
847 Shares

सोलुखुम्बु – मूलुककै प्रमुख पर्यटकीय गन्तव्य खुम्बुमा सामुदायिक कु’कु’रको वि’गवि’गी बढेको छ । तल्लो क्षेत्रबाट आन्तरिक तथा बाह्य पर्यटकको साथमा खुम्बु प्रवेश गर्ने सामुदायिक कु’कु’रहरुको संख्या बढ्न थालेपछि नाम्चे बजारमा स’मस्या हुन थालेको छ ।

नाम्चे बजारमा करिब डेढसयको हाराहारीमा सामुदायिक कु’कु’र रहेको नाम्चे यूवा समूहका अध्यक्ष पाल्देन शेर्पाले बताए । उनले भने, ‘पर्यटकको साथमा उक्लने कु’कु’र नफर्कने समस्याले कु’कु’रको भिड बढेको छ । त्यसको व्यवस्थापन चु’नौतिको विषय बन्दै गएको छ ।’ कु’कु’रको प्रजननले झन् संख्या बढाउन सहयोग गरेको शेर्पाले बताए ।

पर्यटकीय सिजनमा कु’कु’रले खानेकुरा पाउने भएपनि चिसो सिजनमा होटल व्यवसायीहरुले खुम्बु छाड्दा सामुदायिक कु’कु’रको अवस्था ना’जुक हुने नाम्चेका समाजसेवी छिमिकाल्देन शेर्पाले बताए ।

बढ्दो मात्रामा रहेको सामुदायिक कु’कु’रको व्यवस्थापनका लागि नाम्चे यूवा समूहले योजना बनाईरहेको अध्यक्ष पाल्देनले बताए । उनले भने, ‘कुकुरको व्यवस्थापन गर्न नसके दु’र्घटना नि’म्त्याउने जोखिम बढेको छ । स्थानीय सरकारको समन्वयमा कु’कु’रको व्यवस्थापन गर्ने गरि समूहमा छलफल चलेको छ ।’

कु’कु’रको संख्या बाक्लिएपछि नाम्चे पुग्ने पर्यटक र होटल व्यवसायीमा त्रा’स बढाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार