नेकपा प्रचण्ड-नेपाल समूहको मार्च पास

  हिमाल समाचार  467 पटक हेरिएको

काठमाडौँ- नेकपा प्रचण्ड-नेपालले बुधबार गर्ने विरोध सभाअघि स्वयंसेवकले मार्चपास गरेका छन्।

बुधबारको सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेका हुन्।

प्रदर्शनीमार्गस्थित वाल्मिकि क्याम्पसबाट सुरू हुने स्वयंसेवकको मार्चपास पुतलीसडक बागबजार- पुतलीसडक- कमलादी-रत्नपार्क हुँदै मार्चपास गरेका हुन् ।

उक्त समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।

नेकपाको केन्द्रीय संघर्ष समितिले काठमाडौंमा प्रदर्शनसहित सभा गर्न लागेको हो।

प्रतिगमनका षड्यन्त्रलाई परास्त गर्न प्रदर्शन गर्न लागिएको प्रचण्ड-नेपालले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार