सोलुमा मतदाता नामावली अध्यावधिक कार्य सम्पन्न

  हिमाल समाचार
203 Shares

सोलुखुम्बु- जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले मतदाता नामावली अध्यावधिक कार्य सम्पन्न गरेको छ । निर्वाचन अधिकारी नम्रता चुडाँलले ८ वटै स्थानीय तहमा मतदाता नामावली विवरण सच्याउने, मृत्यु भएका मतदाताको नाम कटाउने, नागरीकता त्याग गरेका मतदाताहरुको तथ्यांक संकलन सकेर अन्तिम नामावलीको सुचि टाँस गरेको जानकारी दिईन ।

स्थानीय तहको केन्द्रमा गएको माघ १५ गते देखि २१ गते सम्म मतदातानामावली अध्यावधिक कार्यक्रम साहायक नाम दर्ता अधिकारीले गरेका थिए । यसपछि उनीहरुले बुझाएको विवरणलाई प्रमुख नाम दर्ता अधिकारीले जाँचबुझ गरी विवरणलाई अन्तिम रुप दिईएको निर्वाचन अधिकारी चुडाँलले बताएकी छन् ।

प्राप्त विवरण अनुसार सोलुदुधकुण्ड नगरपालिकामा मृत्यु भएका ९४ जना, नागरिकता त्याग गरेका १ जना रहेका छन् भने ३ जनाको विवरण सच्याईएको छ । सोताङ गाउँपालिकामा मृत्यु भएका ४४ जना रहेका छन् भने २ जनाको विवरण सच्याईएको छ । खुम्बुपासाङल्हमु गाउँपालिकामा मृत्यु भएका १८ जना छन् भने ३ जनाको विवरण सच्चाईएको छ ।

यस्तैगरी लिखुपिके गाउँपालिकामा मृत्यु भएका २ जना, दोहारिएको ३ जना, सच्चाईएको ३ जना, माम्यदुधकोशी गाउँपालिकामा मृत्यु भएका ५८ जना, सच्चाईएको १ जना, महाकुलुङ गाउँपालिकामा मृत्यु भएको १ जना, सच्चाईएको २५ जना रहेका छन् ।

थुलुङ दुधकोशी गाउँपालिकामा ५ जना मतदाता मृत्यु भएको पाईएको जिल्ला निर्वाचन अधिकारी चुडाँलले जानकारी दिएकी छिन् । पौष ५ गते सम्म कायम भएका ७२ हजार ७ सय ८ जना मतदाताबाट अब यो संख्या घटाएर मतदाताको विवरणलाई अन्तिम रुप दिई चाडै निर्वाचन केन्द्रिय कार्यलयमा पठाइने जनाईएको छ ।

तस्विर फाइल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार