‘केपीजी ! देख्नुभयो विरोध कस्तो हुन्छ ?’ : प्रचण्ड

  हिमाल समाचार
133 Shares

काठमाडौं- विरोधसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको आमसभामा भन्दा धेरै मानिसहरु भेला भएकोप्रति इङ्गीत गरेका छन् । सम्वोधनका क्रममा प्रचण्डले भने, ‘केपी जी ! देख्नुभयो, विरोध कस्तो हुन्छ ? प्रदर्शन कस्तो हुन्छ ?’
अब पनि केपी ओलीको प्रतिगामी कदम नसच्चिए केही दिनपछि सिंहदरबार र बालुवटार घेर्ने अर्को आमसभा गर्ने बताएका छन् । लाखौँ जनताको उपस्थितिले ओलीलाई आवेग र पीडा भएको बताए । ‘केही दिन पर्खिनुहोला र हेर्नुहोला । सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौँलाख जनता आइपुग्छन्, तपाईको लोकतन्त्रको हत्या गर्ने आपराधिक चरित्रलाई जनताले बुझिसकेको छन्,’ उनले भने ।

प्रचण्डले सर्वोच्च अदालतले जनभावनालाई बुझेर अब छिट्टै संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने बताए । ‘आज सर्वोच्च अदालतका न्यायधिशहरुले पनि देख्नुभयो, कि जनता के चाहान्छन् ? सबै जाति, क्षेत्र र अधिकारको पक्षमा साथीहरुले यहाँ आफ्नो धारणा राख्नुभएको छ, मलाई लाग्छ, सर्वोच्च अदालतका सम्मानित न्यायधिशहरुले यो जनभावना बुझ्नुभएको छ, र अब ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिनुहुनेछ भनेर विश्वास व्यक्त गर्न चाहान्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार