विद्यालयका गतिविधि अभिभावकलाई पनि जानकारी दिनु – अध्यक्ष बास्तोला

  हिमाल समाचार
210 Shares

सोलुखुम्बु – नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले हरेक विद्यालयले आफ्ना गतिविधि अभिभावकलाई पनि जानकारी गराउन आग्रह गरे ।

केदार माध्यमिक विद्यालयको ६० आँै बार्षिक उत्सव तथा २४ आँँै अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष बास्तोलाले विद्यालयका गतिविधि अभिभावक भेला गरेर जानकारी गराए अभिभावकको सल्लाह सुझाव लिन र विद्यालय प्रति अपनत्व बढ्ने बताए ।

गाउँपालिका उपाध्यक्ष कुमारी देवी शर्माले व्यवसायिक शिक्षालाई पनि उत्तिकै महत्वका साथ अघि बढाएकोमा विद्यालयको प्रशंसा गरिन् ।

वडा नम्बर २ का वडाध्यक्ष भेषकुमार बास्तोलाले स्थानीय सरकारले शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएर अघि बढेको बताए ।

गाउँपालिकाका शिक्षा अधिकृत माधवमणी ढुंगानाले केदार माविले हासिल गरेको शैक्षिक उपलब्धिको प्रशंसा गरे । विद्यालयका प्रध्यानध्यपाक एकराज शर्माले विद्यालयको आय व्यय सार्वजनिक गरेका थिए ।

विद्यालयको आय तर्फ २ करोड ६८ लाख ८ हजार ७ सय ६२ रुपैँया र व्यय तर्फ २ करोड ५६ लाख १८ हजार ९४६ रुपैँया रहेको छ । ११ लाख ८९ हजनार ८२६ रुपैँया मौज्दात रकम छ ।

प्रध्यानाध्यापक शर्माले विद्यालयमा घेराबार सहित थप पुर्वाधारको समेत व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याउदै स्थानीय सरकारसंग बजेट माग गरे ।

बार्षिक उत्सवको अवसरमा उच्च मनोबलका साथ काम गर्ने १० शिक्षकलाई सम्मान गरिएको छ । विभिन्न प्रतिभा प्रस्तुत गर्ने दर्जन भन्दा बढि विद्यार्थीलाई शैक्षिक सामाग्री र नगद समेत प्रदान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकाजी राईको अध्यक्षतामा सम्पन्न भएको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार