खोप खरिदका लागि ८ अर्ब ७० करोड सहुलियत ऋण

  हिमाल समाचार
35 Shares

काठमाडौँ — कोभिड–१९ विरुद्धको खोप खरिदका लागि विश्व बैंकले नेपाललाई करिब ८ अर्ब ७० करोड नेपाली रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ ।

विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद–जेर्भोसका अनुसार नेपाललाई खोप खरिदका लागि दिइने ऋण साहयता दिने प्रस्तावलाई छिट्टै बोर्डमा प्रस्तुत गर्न लागिएको छ ।

जेर्भोसका अनुसार नेपालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विश्व बैंकले मान्यता दिएको कुनैपनि उत्पादकसँग आपसी समझदारीमा वा कोभ्यक्सबाट प्राप्त हुने खोप खरिद गर्नका लागि उक्त रकम प्रयोग गर्न सक्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई)सँग २० लाख खोप खरिद गर्ने पक्कापक्की भइसकेको छ । उनका अनुसार विश्व बैंकले दिने भनेको ७५ मिलियन डलर मध्ये ६७.५ मिलियन डलर खोप खरिद गर्नका लागि हो भने बाँकी रकम खोपको व्यवस्थापनका लागि हो ।

-फाइल फोटो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार