भूमाफियाले गरे ८ हजार रोपनी जमिन अतिक्रमण

  हिमाल समाचार
70 Shares

काठमाडौँ — भूमाफियाले मुलुकभर करिब ८ हजार रोपनी सरकारी जमिन अतिक्रमण गरेको पाइएको छ ।

सरकारी, सार्वजनिक र गुठी जग्गासम्बन्धी संरक्षण र जाँचबुझ आयोगको अध्ययनअनुसार निजी गुठी, मठमन्दिर र सरकारी आयोजनाका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेको हो । आयोगले भूमि अतिक्रमणसम्बन्धी २० वटा प्रतिवेदन तयार गरेर केही दिनमै प्रधानमन्त्रीलाई बुझाउँदै छ ।

सरकारले १८ महिनाअघि पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा आयोग गठन गरेको थियो । त्यसले पहिलो चरणमा गत वर्ष नै १० वटा प्रतिवेदन बुझाइसकेको छ । आयोगको म्याद यही माघ मसान्तमा सकिँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार