प्रहरीलाई रामकुमारी झाँक्रीले भनिन्- गिरफ्तार गर्ने भए पक्राउ पूर्जी लिएर आउनुस्

  हिमाल समाचार
7 Shares

काठमाडौँ-नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पक्राउ गर्न पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई भनेकी छिन् ।

सादा पोशाकका प्रहरी पक्राउ गर्न शंखमुलस्थित निवासमा पुगेपछि नेतृ झाँक्रीले आफूलाई नियन्त्रणमा लिने भए पक्राउ पूर्जी लिएर आउन भनेकी हुन् ।

निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्,‘महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले फोन गरेर बोलाउनु भएको थियो । तर, यो राजनीतिक मुद्दा भएकाले पहिले पक्राउ पूर्जी लिएर आउनुस् भनेकी छु । ’

यसअघि प्रहरीले गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर उनलाई सोधपुछका लागि बोलाएको थियो । तर, उनी उपस्थित नभएपछि प्रहरीले पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन गरेको छ ।

संसद विघटनको विरोधमा आफूहरु सडकमा लडिरहेकाले यसको प्रतिवाद गर्ने झाँकीले बताइन् । ‘सरकारको प्रतिगमनविरुद्ध हामी सडकमा लडिरहेका छौं, यसको पनि हामीले प्रतिवाद गर्छौं,’ उनले भनिन्, ‘मैले यो राजनीतिक मुद्दा हो । सँगसँगै कानूनी विषय पनि भएकाले पक्राउ पूर्जी जारी गरेर आउनुसु भनेकी छु । ’

राज्यले नागरिकलाई नियन्त्रणमा लिनसक्ने बताउँदै उनले भनिन्,‘ तर, यो राजनीतिक मुद्दा भएकाले कारणसहित पूर्जीसहित आए। मैले गिरफ्तारी दिनुपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार