पक्राउ पुर्जी दिएसँगै रामकुमारीले दिइन् गिरफ्तारी

काठमाडौँ- नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले घरैमा पुगेर पक्राउ पुर्जी थमाएको छ ।

केही बेरअघि बुद्धनगरस्थित घरमा पुगेर प्रहरीले रामकुमारीलाई पक्राउ पुर्जी दिएको हो । प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोली सोधपुछका लागि भन्दै रामकुमारीलाई लिन उनको घर पुगेको थियो ।
तर, रामकुमारीले पक्राउ पुर्जी दिए मात्रै गिरफ्तारी दिने बताएपछि डीएसपी दुर्गा रेग्मीले पक्राउ पुर्जी दिएको बताइएको छ ।

पक्राउ पुर्जी दिएसँगै रामकुमारीले गिरफ्तारी दिएकी छन् । रामकुमारीमाथि राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ को कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार