काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको छ । प्रहरीले बिहीबार झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेपछि दाहाल–नेपाल समूहले विज्ञप्ति जारी गर्दै झाँक्रीलाई निसर्त रिहा गर्न माग गरेको हो ।
राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही नभएको विज्ञप्तिमा उल्लेख छ ।