काठमाण्डौँ – नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।
उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेकाे हो ।
राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।