सोलुखुम्बु : फोर्चेमा आ’गोला’गी, ४ करोडको क्ष’ति

  हिमाल समाचार
1.4k Shares

सोलुखुम्बु – सोलुखुम्बुको फोर्चेमा आ’गोला’गी हुदा करिब ४ करोड बराबरको क्ष’ति भएको छ ।

खुम्बु पासाङल्हमू गाउँपालिका ४ फोर्चे स्थित निमा कर्मा शेर्पाको २ तले घरमा आ’गोला’गी हुदा ३ करोड ९३ लाख १५ हजार बराबरको क्ष’ति भएको प्र’हरी जनाएको छ ।

विहिबार दिउँसो २ बजेको पेरिफेरीमा भएको आ’गोला’गीको कारण खुल्न सकेको छैन् । घरमा ७५ बर्षिया आमा रहेको भएपनि मानवीय क्ष’ति नभएको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।

ढुंगामाटो र काठले बनेको २ तले घर ज’ल्दा अन्नपात, लत्ताकपडा, भाडावर्तन सहित ३५ तोला सुन, एक सय तोला चाँदी, जि माला, तामाले बनेको सुनको जलप भएको गुरुमुर्ती ३ थान, लामा पुस्तक १० थान, ७ लाख नगद ज’लेको प्र’हरीको मुचुल्कामा उल्लेख छ ।

आ’गो प्र’हरी चौकी खुम्जुङबाट खटिएका प्र’हरी र स्थानीयको संयुक्त प्रयासबाट साँझ ७ बजे नि’यन्त्रणमा लिइएको प्र’हरीले जनाएको छ । फोटो फायल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार