ओली एक नम्बरको गफाडी – माधव कुमार नेपाल

  हिमाल समाचार
133 Shares

काठमाण्डौँ – नेकपा (दाहाल–नेपाल)पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गफाडी नं एकको संज्ञा दिए । कुरा ठूलो गर्ने तर काम नगर्ने नेता नै ओली भएको उनले चित्रित गरे ।

नेकपा सोलुखुम्बुले काठमाण्डौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जनतालाई सपना बाड्ने तर काम नगर्ने नेता भएको दाबी गरे । उनले भने, ‘कुराले चिउरा भिज्दैन् । उनी चिउरा भिजाउने भ्रम फिँजाईरहेका छन् ।’ उनले मूल पार्टी आफ्नो भएको दाबी गरे । ‘ओली चोइटिएको समूह हो । उनले ओली फाउण्डेशन घोषणा गरेर अध्यक्ष बने हुन्छ ।’उनले भने ।

ओलीसंगको लडाँई निजी नभएको बताए । उनले भने, ‘यो झगडा न पदको लागि हो, न त पार्टी भित्रको आन्तरिक कहल हो । यो त ओलीले चालेको असंवैधानिक कदमको विरुद्धमा हो ।’

‘ओलीको दृष्ट्रिोकोण र कार्यशैलीमा समस्या छ । उहाँ आफूलाई संविधान भन्दा माथी ठान्नुहुन्छ ।’ उनले भने, ‘उहाँ द्धन्द्ध निम्त्याउन माहिर हुनुहुन्छ ।’ ओलीले पुर्व एमाले र माओबादी बिचको द्धन्द्ध भनेर जनता माझ भ्रम छर्न खोजेको अध्यक्ष नेपालको भनाई थियो ।

बामदेव गौतमलाई संकेत गर्दै अध्यक्ष नेपालले भने, ‘बामदेव जी बालुवाबाट तेल निकाल्ने अभियानमा हुनुहुन्छ । जुन बेला बालुवाबाट तेल निस्कन्न भन्ने थाहा पाउनुहुन्छ, तब हामीसंगै आउनुहुन्छ । त्यसबेला उहाँलाई पनि स्वागत गर्नुपर्छ ।’ ओलीको नियत बुझ्नेहरु विस्तारै आफ्नै टिममा आउने अध्यक्ष नेपालको दाबी थियो ।

अध्यक्ष नेपालले भने, ‘ओली अध्यक्ष भएपछि हामी त आजित बनेका थियौँ । पुर्व एमालेका केन्द्रिय नेताहरुलाई सोध्नुहोला ।’ ओली र उनी निकटका नेताहरुलाई व्यग्य गर्दै भने, ‘सोलुखुम्बुका नेतालाई हेर्नुस् त, पेलानमा पर्दा पर्दा सुकेर के हालत भएको छ ।’ यो भनाई नेता नेपालले प्रशिक्षण कार्यक्रमको अध्यक्षता गरिरहेका आङङिमा लामालाई भनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार