कमरेडहरु, हामीले जित्दैछौ – प्रचण्ड

  हिमाल समाचार
133 Shares

काठमाण्डौँ – नेकपा (दाहाल–नेपाल)पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु जित नजिक पुगेको दाबी गरे ।

नेकपा सोलुखुम्बुको आयोजनामा काठमाण्डौमा सम्पन्न प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओलीले छर्न खोजेको भ्रमलाई चिरेर अघि बढ्न आग्रह गर्दै आफूहरु जित नजिक पुगेको दाबी गरेका हुन् ।

उनले भने, ‘ओलीको साथ छाडेर फर्कने क्रम बाक्दिैछ । हाम्रो जित सुनिश्चित छ । दृढताका साथ अघि बढौँ ।’

अध्यक्ष प्रचण्डले ओली भष्ट्रवाद तर्फ अघि बढेको बताए । ‘पार्टी भित्रको लोकतन्त्र नमान्नेले देश भित्र लोकतन्त्रको अभ्यासलाई पनि मान्दैन् । ओलीले त्यही गरे ।’ उनले भने ।

‘माधव जी र मेरो सम्बन्ध ओलीसंगको जस्तो हैन् । माधव जीसंग ४० को दशक देखि सहकार्य छ । तर केपी संग भूमिगत समय र शान्ति प्रक्रियामा आएपछि मात्र भेट भएको हो ।’अध्यक्ष प्रचण्डले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार