लद्दाख सीमा विवादमा भारतचीनबीच सहमति कसरी ?

  हिमाल समाचार
42 Shares

काठमाडौँ – भारत र चीनले लद्दाखको सीमा क्षेत्रबाट आफ्ना सेनालाई फिर्ता ल्याउने सहमत भएका छन् । दुवै देशका वरिष्ठ सैनिक कमान्डरहरूबीच नौ चरणको वार्तापछि पान्गोङ्ग त्सो तालको उत्तर र दक्षिण किनारबाट पछाडि हट्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको रक्षामन्त्री राजनाथ सिंहले लद्दाखको सीमा क्षेत्रबाट सैनिक फिर्ता ल्याउने कदम परमाणु अस्त्रसम्पन्न मुलुहहरूबीच भएको निरन्तरको वार्ताको परिणाम भएको बताउनुभएको छ । संसदमा बोल्दै उहाँले गत सेप्टेम्बरयता दुवै पक्षले सैनिक र कूटनीतिक माध्यमहरूबाट कुराकानी थालेको जानकारी दिनुभयो ।

चीनको राष्ट्रिय प्रतिरक्षा मामिला मन्त्रालयका प्रवक्ताले पान्गोङ त्सो तालबाट संयोजित र व्यवस्थित रूपमा पछाडि हट्ने कार्य आरम्भ भएको प्रतिक्रिया दिनुभयो । गत जुनमा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु मृत्यु भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो । भारत र चीन दुवैले उक्त क्षेत्र आफ्नो भएको दाबी गर्दै आएका छन् ।

एजेन्सी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार