हलेसी र पनौती बिच भगिनि सम्बन्ध

  हिमाल समाचार
140 Shares

खोटाङ – प्रदेश नम्बर- १ खोटाङको हलेसी तुवाचुङ नगरपालिका र बाग्मती प्रदेश काभ्रेपलान्चोकको पनौती नगरपालिकाबीच भगिनि सम्बन्ध स्थापना गरिएको छ।

दुबै नगरको समृद्धि एवम् सुशासनका लागि हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाँई, पनौती नगरपालिकाको तर्फबाट नगर प्रमुख भिम न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद वाग्लेले हस्ताक्षर गर्दै भगिनि सम्बन्ध स्थापना गरेका हुन्।

दुबै नगरका धार्मिक, सांस्कृतिक क्षेत्रमा भएका असल अभ्यास आदन-प्रदान गर्ने दुई नगरपालिकाका गतिविधि, क्रियाकलापबीच द्धिपक्षीय सम्बन्ध तथा व्यवहारलाई बढाव दिई कार्यको सिकाई आदान-प्रदान गर्ने गरि संस्थागत क्षमता अभिबृद्धिको साथै पारस्पारिक लाभ प्राप्त गर्न मित्रवत सम्बन्ध अभिबृद्धि गर्ने उद्धश्यले भगिनि सम्बन्ध स्थापन गरिएको बताइएको छ।

भगिनि सम्बन्धभीत्र दुबै नगरपालिकाले आफ्नो नियम तथा कानुनमा रहि धर्म संस्कृति, पर्यटन, नीति, कानुन कार्यविधि, मापदण्डको तर्जुमा कार्यान्वयन तथा सामाजिक परिमार्जनमा एकरुपता कायम गर्ने, ब्यवसायीक क्षमता अभिबृद्धिका लागि सम्बन्धित नगरको उद्योग बाणिज्यलगायत नीजि क्षेत्रको साझेदारीमा कार्य संचालन गर्ने, सम्बन्धलाई सदैब सुद्धृढ बनाउन दुवै पक्षले एक अर्काका सम्बन्धित व्यक्ति तथा विभाग शाखा, इकाइहरुसँग उपर्युक्त माध्यमबाट नियमित संचार सम्पर्क स्थापना गर्ने उद्धेश्य राखिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले जानकारी दिए।

दुई स्थानीय तहबीच आपसी सम्बन्ध सुमधुर र प्रगाढ बनाउदै यो सम्बन्धले दुवै नगरको सम्वृद्धिमा टेवा पुग्ने उनको भनाई छ।

यस अघि २०७६ साल साउनको २० गते हलेसी तुवाचुङ नगरपालिका र काठमाडौंको दक्षिणकाली नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम भएको थियो।

नेपालको संविधान २०७२ को अनुसूची ८ का १२ औं बुँदा तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (ठ) (४) अनुसार भगिनि सम्बन्ध स्थापना गरिएको राईले जानकारी दिए। प्रभावन्यूज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार